FAQs Complain Problems

महाँकाल स्वास्थ्य चौकी

                                             तस्वीर : महाँकाल स्वास्थ्य चौकी

इलाका स्वास्थ्य चौकीको रुपमा रहेको सिन्धुकोट स्वास्थ्य चौकी २०३६ सालमा स्थापना भएपछि त्यँहि दरबन्दि रहेका ग्रामीण स्वास्थ्य कार्यकर्ताहरुले आ–आफ्नो तोकिएको कार्यक्षेत्रमा गई नियमित खोप,गाउघर क्लिनिक,आमा समुहको बैठक सञ्चालन गरी अभिलेख तथा प्रतिवेदन गर्ने  काम गरिरहँदा साविक माहाँकाल गा.वि.स.मा पनि सोहि अनुसार काम भइरहेको सन्दर्भमा वि.स.२०५० सालमा  गा.वि.स. अध्यक्ष श्री देवी प्रसाद लामिछाने र निमा लामा उपाध्यक्ष रहेको तत्कालीन गा.वि.स.को निर्णयानुसार माहाँकाल गा.वि.स.वडा न. ५ सिरिसेमा माहाँकाल स्वास्थ्य चौकीको स्थापना भयो । एक्सन एड नेपालको तत्कालीन कार्यक्षेत्र माहाँकाल पनि रहेकोले सोही सस्थाले समाजसेवी विरमान तामाङले दान स्वरुप भञ्ज्याङ प्रा.वि.सगै स्वास्थ्य चौकीकै नाममा प्रदान गर्नुभएको १–०–०–० जग्गामा ६ कोठे भवन बनाइदियो ।  मेलम्ची खानेपानी आयोजना कार्यान्वयनमा आएसँगै सोही आयोजना अन्तर्गतको सामाजिक उत्थान कार्यक्रम मार्फत सिरिसे निवासी श्री विजय सिं तामाङ,प्रेम तामाङ, म्लाङ तामाङ(मान ब.),सेते तामाङ,पिन्का तामाङ र गयन तामाङले संयुक्त रुपमा दानस्वरुप प्रदान गर्नुभएको ०–८–०–० जग्गामा ४ कोठे पक्की भवन असाध्यै सुस्त गतिमा बन्ने क्रममा निर्माण सम्पन्न नहुदै महाभूकम्प २०७२ बैशाख १२ ले उक्त भवन पूर्ण रुपमा भत्काइदिए पछि करिव १ कि.मि.को दुरिमा स्थानान्तरण गरी साप्राङ टोलमा रहेका समाजसेवी सार्की तामाङको जस्ताको टहरामा सञ्चालन गरिएको थियो । पुन–निर्माणको क्रममा जापानिज रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटीले  सोही स्थानमा निजले नै दान स्वरुप दिएको २–०–०–० क्षेत्रफल रहेको जग्गामा बनाइदिएको कर्मचारी आवासकालागि २ कोठा र स्वास्थ्य चौकी सञ्चालनका लागि ४ कोठा गरी दुइ छुट्टाछुट्टै प्रिफेब्रिकेटेड भवनसँगै बर्थिङ सेन्टर समेतको मिति २०७५-०५-२२ गते हेलम्बु गाउँपालिकाका अध्यक्ष श्री निमा ग्याल्जेन शेर्पाले समुद्घाटन गर्नुभई हाल सोही स्थानमा स्वास्थ्य चौकी सञ्चालित रहेको छ ।

कर्मचारी विवरण

क्र.सं. कर्मचारीको नाम पद सम्पर्क नं
आसमान तामाङ अ.हे.व. ९८४३१६०३२६
प्रजिना वि क अ न मी ९८६०४३०८७०
पुतली तामाङ अ.न.मी. ९८१८१३९५४७
पार्वती तामाङ अ न मी ९८४३८४७९५९
सानुनानी लामिछाने का.स. ९८१०३८७९१५