सूचना
संक्षिप्त परिचय
हेलम्बु गाउँपालिकाको पार्श्वचित्र २०७५ डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
हेलम्बु गाउँपालिकाको नामाकरण तत्कालिन हेलम्बु गा.बि.स. बर्तमान गाउँपालिकाको वडा नं १ सँग जोडिएको छ । हेलम्बु भन्नाले एउटा गाउँ मात्र नभएर यसले भेगको प्रतिनिधित्व गर्दछ । साबिकको हेलम्बु गा.वि.स.को नाम २०४९ सालको निर्वाचन सम्पन्न भएपछि निर्वाचित पहिलो गा.वि.स.ले नाम परिवर्तन गरेर हेलम्बु राखेको हो । त्यस अघिसम्म तिम्बुघ्याङ्ग्युल गा.वि.स. र तार्केघ्याङ पञ्चायत थियो । यसको अर्थ तिम्बु र घ्याङ्ग्युलको नामबाट तिम्बुघ्याङ्ग्युल रहेको अनुमान गर्न सकिन्छ । राज्यको पुन संरचनासँगै यहाँका ५ वटा तात्कालिन गा.वि.स.हरु क्रमश : हेलम्बु, किउल, पाल्चोक, महाँकाल र इचोकलाइ मिलाएर हेलम्बु गाउँपालिकाको निर्माण भएको छ । यो पालिकामा ७ वडाहरु रहेका छन् । पुनसंरचनामा महाँकाल र इचोक दुवै तात्कालिन गा.वि.स लाइ २,२ वटा वडामा विभाजन गरिएकँ छ ।
हेलम्बु गाउँपालिकाको उत्तर पुर्वमा पाँचपोखरी थाङपाल गाउँपालिका, पश्चिमतर्फ तर्फ दुप्चेश्वरी गाउँपालिका, नुवाकोट जिल्ला, उत्तर तर्फ रसुवा जिल्ला दक्षिणतर्फ मेलम्ची नगरपालिका पर्दछ । यस पालिकामा विभिन्न जातिका मानिसहरुको वसोवास रहेता पनि ह्योल्मो जातिको बाहुल्यता छ । सो अलावा शेर्पा, तामाङ, क्षेत्री, बाहुन, दलित समुदाय लगायतका जातिहरु पनि बसोबास गर्छन् । यो पालिकाको नाम ह्योल्मो जातिको पहिचान खुल्ने गरी हेलम्बु गाउँपालिकाको नामाकरण भएको कुरा मान्न सकिन्छ ।
हेलम्बु पर्यटकीय क्षेत्रको रुपमा परिचित छ । हिमालको दृश्य, ह्योल्मो, शेर्पा, तामाङ जातिको बसोबास, रहनसहन र रितिरिवाजले बाह्य पर्यटकहरु आकर्षित हुने गरेका छन् । यो क्षेत्र धार्मिक पर्यटकीय स्थल पनि हो । यस ठाउँमा बिभिन्न समयमा धार्मिक गुरुहरुले ध्यान गर्ने गरेको र त्यति बेला धार्मिक गुरुहरुले यस क्षेत्रको भ्रमण समेत गरेको किम्बदन्तीहरु पाइन्छ । अधिकांश भुभाग पहाड र सुन्दर डाँडा पाखाले भरिएको यस गाउँपालिका समुन्द्री सतहबाट करिब १००० मिटर को उचाई देखि उच्च ५००० मिटर सम्मको भुभाग पर्दछ । हेलम्बु गाउँपालिका सुन्दर शान्त रमणिय जुगल हिमालको सन्निकट याङरीमा डाँडाको काखमा रहेको छ । माथिल्लो भु–भागमा ह्योल्मो र तामाङ जातीको बहुल्यता रहेका र तल्लो बेसी भूभागमा विशेष गरी ब्राम्हण, क्षेत्री, दमाई, कामी, सार्कि, जातका ब्यक्तिहरुको बसोबास रहेको छ ।
आमा याङरी, मेलम्चीघ्याङ, तार्केघ्याङ, सेर्माथाङ, ककनी, कुटुमसाङ, घोप्टेघ्याङ जस्ता महत्वपूर्ण स्थल रहेको यस ठाउँमा गुम्बा, माने, घ्याङहरु, मन्दिर अवलोकन गर्दा मानिसको मन छुने हुन्छ । यस ठाउँको अतिथि सत्कार, विशेष खालको संस्कृति परम्परा आकर्षक प्राकृतिक सौन्दर्यता, स्वच्छ वातावरणले गर्दा यो क्षेत्र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको छ । यस हेलम्बु गाउँपालिकामा बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको मुहान र सुरुङ अधिकाँश भाग समेत पर्दछ । यस गाउँपालिकामा मुहान मेलम्ची र अन्य खोलाहरु जस्तै गोहोरे खोला, तिम्बु खोला अन्य सा–साना खोल्चीहरु छन्, जसबाट खानेपानी, सिचाईलाई थप सुविधा पुगि रहेको छ । यस क्षेत्रको अधिकाँश भुभाग वनजङगलले ढाकेको छ । यस गाउँपालिकाका मुख्य व्यापारिक केन्द्रहरु ग्याल्थुम, चनौटे, तिम्बु र किउल बगर लगायताका स्थान हुन ।
यहाँका मानिसहरुको मुख्य पेशा कृषि हो । यो पालिकाको माथिल्लो भेगमा परम्परागत जातका आलु मुलाहरु लगाउने चलन थियो र अहिले पनि कायमै छ । पशुपालनमा माथिल्लो भेगमा भेडाच्याँग्रा, चौरी र तल्लो भेगमा गाइभैसी पाल्ने चलन छ ।
हेलम्बु गाउँपालिका | |||||||
जनसंख्या / क्षेत्रफल विवरण (२०६८ जनगणना अनुसार) | |||||||
क्र.सं. | वडा नं | साविक गा.वि.स. | महिला | पुरुष | जम्मा | घरधुरी संख्या | क्षेत्रफल |
१ | १ | हेलम्बु (१-९) | १३०६ | १२५८ | २५६४ | ६५६ | ६७.८३ |
२ | २ | किउल (१-९) | १५०६ | १४४४ | २९५० | ७६४ | २६.१० |
३ | ३ | पाल्चोक (१-९) | ९७५ | ९५२ | १९२७ | ४८९ | ९.८० |
४ | ४ | महाँकाल (१,२,८,९) | १२९८ | ११५० | २४४८ | ५५४ | ९.८२ |
५ | ५ | महाँकाल (३-७) | १२६५ | ११३० | २३९५ | ४७० | १८.५० |
६ | ६ | इचोक (१-५) | १२१६ | ११६४ | २३८० | ६१० | २२.२४ |
७ | ७ | इचोक (६-९) | १५४१ | १४६६ | ३००७ | ६६० | १४.९५ |
जम्मा | ९१०७ | ८५६४ | १७६७१ | ४२०३ | १६९.२४ | ||
लाङटाङ राष्ट्रिय निकुन्ज | ११८.०२ | ||||||
निकुन्ज सहित क्षेत्रफल | २८७.२६ |
हेलम्बु गाउँपालिका | |||||||||||||||
उमेरगत तथा लिंगका आधारमा जनसंख्या विवरण (२०६८ जनगणना अनुसार) | |||||||||||||||
वडा नं | साविक गा.वि.स. | ४ वर्ष | ५-९ वर्ष | १०-१४ वर्ष | १५-१४ वर्ष | २५-४५ वर्ष | ४६-७० वर्ष | ७१+ | |||||||
पु | म | पु | म | पु | म | पु | म | पु | म | पु | म | पु | म | ||
१ | हेलम्बु | ५८ | २३४ | ९३ | २८७ | १४३ | ३५० | २७१ | २९० | ३२० | ३११ | ३२८ | ३६८ | ८४ | ६९ |
२ | किउल | ९९ | १०६ | १४७ | १७६ | २०६ | २११ | २०१ | २२९ | ३०६ | ३१५ | ३२४ | ३३६ | ८८ | १०६ |
३ | पाल्चोक | ११९ | १३२ | १८८ | १९० | १८४ | २२९ | २८२ | ३०४ | २५७ | ३२२ | २५९ | ३४७ | ७५ | ९० |
४ | महाँकाल | २५४ | २७० | २८७ | ३७० | २९१ | ३०१ | २४५ | २५१ | ४०३ | ४६२ | ३०७ | ३३३ | ५३ | ६२ |
५ | |||||||||||||||
६ | इचोक | २०८ | २९६ | ३१८ | ३८९ | २५८ | २७७ | ४४० | ४९० | ४७६ | ५०३ | ४७४ | ४९१ | १३३ | १५४ |
७ | |||||||||||||||
जम्मा | ७३८ | ८८२ | १०३३ | १२५४ | १०८२ | १२०५ | १३७९ | १४९४ | १७६२ | १९१३ | १६९२ | १८७५ | ४३३ | ४८१ |