FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

  • गाउँपालिकाबाट हरेक आ.व. को बजेट असार १० गते गाउँसभामा पेश भइ सो सभाबाट स्वीकृत हुने गर्दछ । 
  • वडा समितिबाट आएका वडागत योजनाहरु, गाउँपालिकाभित्रका विषयगत शाखाहरुबाट आएका राय सुझाव तथा प्रस्तावहरु, अन्य सरोकारवालाहरु (युवा क्लब/जेष्ठ नागरिक/महिलाहरु/शिक्षा,व्यवसायीहरु आदि सरोकारवालाहरु), योजना आवश्यकता र प्राथमिकता, आगामी आ.व.मा हुने खर्च अनुमान आदि सबै हिसाब गरी छलफल गरिन्छ । सो बजेटलाइ गाउँसभामा पेश गरिन्छ र गाउँसभाबाट सदस्यहरुसँगको छलफल पछि पारित गरिन्छ । 
  • पुननिर्माण भएका घरहरुको किस्ता जानकारी, सम्झौता, गुनासो सुनुवाइ आदिको सेवा वडा कार्यालयमा खटिएका राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्राविधिकहरुमार्फत प्राप्त गर्न सकिन्छ । 
  • कुनै घरको गुनासो छुट, पुर्ण क्षति भएकोमा सुचीमा आंशिक भनी आएको आदिको खण्डमा वडामा रहेको वडा अध्यक्ष, वडा सचिव तथा पुननिर्माण प्राविधिक सहितको गुनासो व्यवस्थापन समितिको निर्णय आवश्यक पर्दछ ।                
  • गाउँपालिकाबाट संचालन भएका योजनाहरु, विषयगत कार्यालयहरु, प्रदान गरिने सेवाहरु र अन्य सम्बन्धित विषयमा जानकारी लिन सूचना अधिकारीसँग सम्पर्क लिन सकिन्छ । सोको लागि फोन, इमेल वा आधिकारि फेसबुक पेज प्रयोग गर्न सकिन्छ । 
  • वडा कार्यालयसँग सम्बन्धित विषयवस्तुको जानकारी सम्बन्धित वडा सचिव मार्फत लिन सकिन्छ ।