FAQs Complain Problems

परिचय 

परिचय 
साविक किउल गाउ विकास समिति हाल परिवर्तित  ठेगाना हेलम्बु गाउँपालिका वडा नं  २ , ३ नं प्रदेश, सिन्धुपाल्चोक जिल्लाको पश्चिम भागमा अवस्थित छ । यो वडा को पूर्व तर्फ पाँचपोखरी थाङ्पाल गाउँपालिका साविकको वरुवा र बाँसखर्क गा वि स, पश्चिम तर्फ  हेलम्बु गाउँपालिका वडा नं १, ६ र ७ साविकको हेलम्बु र इचोक, उत्तर तर्फ पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं २ र हेलम्बु गाउँपालिका वडा नं १ ( साविकको बरुवा र हेलम्बु गा वि स ) र दक्षिण तर्फ हेलम्बु गाउँपालिका वडा नं ३ ( साविकको पाल्चोक गा वि स ) पर्दछ ।

अवस्थिति र पहुच 
भौगोलिक रुपमा यस हेलम्बु गाउपालिका वडा नं. २ अक्षांश २७º ५३' ५७" उत्तरदेखि २७º ५७' ४२" उत्तरसम्म र देशान्तर ८५º ३२' ३९" पुर्वदेखि ८५º ३६' ५५" पुर्वसम्म फैलिएको छ । चौतारा यस सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम हो । यो वडाबाट सदरमुकाम ११ कोषको दुरीमा छ । चनौटे, गणेशे वगर, सहकारी चोक, किउल बगर, तिम्बु यो वडाको बजार केन्द्रहरु हुन् । 
यो वडाका चुरेटार, सहकारी टोल, किउल बगर बाह्रै महिना कच्ची मोटर बाटोले जोडिएको छ । यसका साथै अन्य टोल तथा स्थानहरुमा हिउदे मोटरबाटोको पहुँच छ । 

 

प्रकार:

आर्थिक वर्ष: