FAQs Complain Problems

सेवाहरु

सेवा प्रकारः- संघसंस्था दर्ता तथा नियमन
सेवा समयः- ३ दिन
जिम्मेवार अधिकारीः- प्रशासन शाखा
सेवा दिने कार्यालयः- हेलम्बु गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- १५००/-
आवश्यक कागजातहरुः-

१. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र

२. पदाधिकारीको नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि

३. संस्थाको प्रमाणित विधान (दुइ प्रति)

४. तोकिए बमोजिमको अन्य विवरण 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पंञ्जीकारधिकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र नि:शुल्क, ३५ दिनपछि रु.५०/-
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
  • बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयको बसाईसराईको कागजात
  • जहाँ जानेहो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने
  • बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
  • जाने/आउने सबै व्यक्तिको नागरिकता र जन्मदर्ताको प्रतिलिपि
  • चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पंञ्जीकारधिकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र नि:शुल्क, ३५ दिनपछि रु.५०/-
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • अदालतबाट सम्बन्ध विच्छेद भएको फैसला प्रमाणित प्रतिलिपि
  • पति पत्नीको नागरिकताको प्रतिलिपि
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- स्थानीय पंञ्जीकारधिकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र नि:शुल्क, ३५ दिनपछि रु.५०/-
आवश्यक कागजातहरुः-
  • मृतकको नागरिकता 
  • सूचना दिन आउनेको नागरिकता
  • सूचना दिन आउनेको मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र
  • अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
  • सूचना दिनेको नागरिकता नभएकमा स्थानीय सर्जमिन पत्र
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- स्थानीय पंञ्जीकारधिकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र नि:शुल्क, ३५ दिनपछि रु.५०/-
आवश्यक कागजातहरुः-
  • दुलहा-दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • दुलहीले नागरिकता नलिएको खण्डमा बाबुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानीय पंञ्जीकारधिकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र नि:शुल्क, ३५ दिनपछि रु.५०/-
आवश्यक कागजातहरुः-
  • सम्बन्धित बच्चको बाबुको नागरिकता
  • आमाको नागरिकता
  • नियमानुसार सूचना दिने सूचकको नागरिकता
  • सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्त हुनुपर्ने
सेवा प्रकारः- कर/राजस्व
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- चालु आ.व.को आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
  • व्यहोरा खुलेको निवेदन 
  • व्यवसायीको नागरिकताको प्रतिलिपि
सेवा प्रकारः- उद्योग, निर्माण व्यवसायी
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-

१. नेपाल राष्ट्र बैंकबाट क वर्गको मान्यता प्राप्त बैंकको चल्ती खातामा कम्तीमा २ लाख भएको सक्कल बैंक भौचर । 

२. कर प्रयोजनको लागि सम्बन्धित कर कार्यालयमा दर्ता भएको स्थायी लेखा नम्बरको प्रमाणपत्र (PAN/VAT)

३. उपकरणको नामावली पेश गर्दा उपकरणको स्वामित्वको प्रमाणपत्रका साथै सामग्री खरिद गरेको VAT बिल र मान्यता प्राप्त बिमा कम्पनीमा बिमा गरेको कागजात ।

४. यान्त्रिक उपकरणहरु ठीक अवस्थामा भएको कुरा मेकानिकल इन्जिनियरिङ विषयमा कम्तीमा स्नातक तहको शैक्षिक योग्यता भएको नेपाल इन्जिनियर्स एशोसिएशनको सदस्यता प्राप्त मेकानिकल इन्जिनियरले प्रमाणित गरेको कागजात ।