FAQs Complain Problems

हेलम्बु स्वास्थ्य चौकी

                                              तस्वीर : हेलम्बु स्वास्थ्य चौकी 

बाँसखर्क स्वास्थ्य चौकी(तत्कालीन इलाका स्वास्थ्य चौकी)अन्तर्गत रहेर स्वास्थ्यका विविध गतिविधि सञ्चालन गरिरहेको तत्कालीन ब्यबस्था र अघि बढेको विकासक्रम सँगै अध्यक्ष श्री निमा लामा र उपाध्यक्ष श्री एल्जी लामाको नेतृत्वमा रहेको गाउँ विकास समितिको निर्णयमा वि.स.२०५० सालमा हेलम्बु उप–स्वास्थ्य चौकी तत्कालीन तिम्बुलघ्याङ्गुल गा.वि.स.को वडा न. १ स्थित तिम्बुमा स्थापना भएको थियो ।  ठूलो भौगोलिक क्षेत्र,सानो जनसङ्ख्या र छरिएको बस्ती रहेको विषम क्षेत्रलाइ समेट्दै तोकिएका उपलब्धी हासिल गर्नु चुनौतिपूर्ण रहेको थियो । त्यस्तै विषमतालाई दृष्टिगत गर्दै सहयोगी संस्था ऋब्ल् को सहयोगमा २०५९ मा खच्र्युङ र २०६२ मा मेलम्चीघ्याङमा स्वास्थ्य संस्था सञ्चालन र २०७३ सालमा सामुदायिक स्वास्थ्य इकाइको रुपमा कानुनी मान्यता पाएसँगै हेलम्बुले स्वास्थ्य क्षेत्रमा थप सुविधा पायो । तत्कालीन समयमा ३ कोठे भवनबाट शुरु भएको सेवा हाल करिब एक रोपनी सार्बजनिक जग्गामा मेलम्ची खानेपानी आयोजना अन्तर्गतको सामाजिक उत्थान कार्यक्रमले बनाइदिएको ६ कोठे भवनमा स्वास्थ्य चौकी सञ्चालित रहेको छ ।

 

क्र.सं. कर्मचारीको नाम पद सम्पर्क नं
वाङदी ग्याल्बो तामाङ अ.हे.व. ९८४१९५५३४३
योजना न्यौपाने अ.न.मी. ९८६०७१०६७७
अम्बिका अधिकारी अ.न.मी. ९८२३२२८७७४
रञ्जना घिमिरे अ.हे.व. ९८४३१५८१४१
रेञ्जेन शेर्पा का.स.