FAQs Complain Problems

पाल्चोक स्वास्थ्य चौकी

                              तस्वीर : हेलम्बु गा.पा. अध्यक्ष ज्यू पाल्चोक स्वास्थ्य चौकी अनुगमनको क्रममा

सिन्धुपाल्चोकको उद्गमस्थल पाल्चोक एक ऐतिहासिक स्थल हो । यहाँ रहेको पाल्चोक (जयबागेश्वरी) भगवतीको मन्दिर चर्चित र सबैको आस्थाको केन्द्र रहदै आएको छ । सानो भौगोलिक क्षेत्र र जनसङ्ख्यालाई समेटीने गरी बनाइएको तत्कालीन पाल्चोक गा.वि.स.मा वि.स. २०५२ सालमा उप स्वास्थ्य चौकी  स्थापना भएको थियो । २०४७ सालको परिवर्तन पछि भएको पहिलो स्थानीय चुनावबाट चुनिएका अध्यक्ष श्री राम बहादुर खड्का र उपाध्यक्ष श्री कविराज गिरीको नेतृत्वमा रहेको गाउ विकास समितिको निर्णयमा उक्त उप स्वास्थ्य चौकी उक्त स्थानमा स्थापित भएको थियो । उप स्वास्थ्य चौकी जयबागेश्वरी मन्दिर सगै सार्बजनिक स्थानमा बनेको गा.वि.स. भबनको दुईवटा कोठामा वि.स.२०६३ सालसम्म  सञ्चालन भएकोमा त्यस पछि मेलम्ची खानेपानी आयोजना अन्तर्गतको सामाजिक उत्थान कार्यक्रमले पाल्चोक गाउँ पञ्चायतको नाममा रहेको जयवागेश्वरी मा.वि.नजिकको जग्गामा बनाइदिएको ४ कोठे पक्की भवनमा रही त्यहीबाट सेवा प्रदान गर्यो । २०७२ सालको विनाशकारी भूकम्पले भवनमा क्षति पुर्याए पछि पाल्चोक निवासी समाजसेविहरु रतन गिरी,नारायण गिरी,लाल बहादुर गिरी र सूर्य गिरीले संयुक्त रुपमा दान गर्नुभएको ३–५–०–० क्षेत्रफल रहेको जग्गामा जापानिज रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटीले  बनाइदिएको कर्मचारी आवासका लागि २ कोठा र स्वास्थ्य चौकी सञ्चालनका लागि ४ कोठा गरी दुइ छुट्टाछुट्टै प्रि–फेब्रिकेटेड भवनमा हाल स्वास्थ्य चौकी सञ्चालित रहेको छ । 

कर्मचारी विवरण

क्र.सं. कर्मचारीको नाम पद सम्पर्क नं
मधुर कुमार यादव हे.अ ९८६३५९६१६९
सञ्च तामाङ अ हे व ९८०८१३९०३९
सीता थापा सि अ न मी ९८०८९१५०२५
रमा मगर अ न मी ९८६९६६६३०५
लाल बहादुर खड्का का.स. ९८०८०३९२५५