FAQs Complain Problems

ङिन्धा राङजेन सामुदायिक स्वास्थ्य इकाइ

                                       तस्वीर : ङिन्धा राङजेन सामुदायिक स्वास्थ्य इकाइ

जिल्लाकै ठूला गा.वि.स. मध्येमा पर्ने तत्कालीन हेलम्बु गा.वि.स.को माथिल्लो क्षेत्रमा रहेको स्वास्थ्य समस्यालाई सम्बोधन गर्न तिम्बु स्थित स्वास्थ्य चौकी र मिलेरेप्पा सामुदायीक स्वास्थ्य इकाइले मात्र नसकिरहेको तथा आवासिय मा.वि.का रुपमा सञ्चालनमा आएको मेलम्चीघ्याङ मा.वि.मा रहने विद्यार्थी र त्यहाँको समुदायको स्वास्थ्य समस्या जटिल थियो । हिमालयको काखमा रहेको बस्ती र विद्यालय जहाँ सामान्य विरामी पर्दा समेत प्राथमिक उपचार नहुदा कम्युनिटी एक्सन नेपाल नामक संस्थाले मेलम्चीघ्याङ मा.वि.का प्रधानाध्यापक श्री पूर्ण बहादुर गौतमको समन्वयमा तत्कालीन हेलम्बु गा.वि.स.को वडा न.७ खच्र्युङमा वि.स.२०५९ मा एक स्वास्थ्य सस्था स्थापना गरि सञ्चालनमा ल्याएपछि त्यसैको शाखाहरु विस्तार गर्ने क्रममा वि.स.२०६२-१०-१२ मा ङिन्धा राङ्जेन स्वास्थ्य चौकी नाम दिएर एक स्वास्थ्य सस्था सञ्चालनमा ल्यायोे, जसलाइ वि.स.२०७३ सालमा तत्कालीन जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले सामुदायिक स्वास्थ्य इकाइको रुपमा स्वीकृति प्रदान गर्यो फलस्वरुप हाल  ङिन्धा राङ्जेन सामुदायिक स्वास्थ्य इकाइको नाममा उक्त सस्थाले सेवा प्रदान गरिरहेको छ । 

 

क्र.सं. कर्मचारीको नाम पद सम्पर्क नं
गोमा अर्याल अ.न.मी.

९८४९४९२९४८

टके बहादुर नेपाली अ.हे.व ९७६८४२३५८३