FAQs Complain Problems

मिलेरेप्पा सामुदायिक स्वास्थ्य इकाइ

                                                  तस्वीर : मिलेरेप्पा सामुदायिक स्वास्थ्य इकाइ

तत्कालीन हेलम्बु गा.वि.स.को ठूलो भौगोलिक बनावट अनि एक मात्र सरकारी स्तरबाट सञ्चालित हेलम्बु स्वास्थ्य चौकी भौगोलिक हिसावले सबैभन्दा तल तिम्बुमा रहेकोले माथिल्लो भू–भागका बासिन्दाहरुको स्वास्थ्य समस्यालाइ दृष्टिगत गर्दै मेलम्चीघ्याङ मा.वि.का प्रधानाध्यापक श्री पूर्ण बहादुर गौतमको समन्वयमा मेलम्चीघ्याङ, तार्केघ्याङ, सेतीघ्याङ, सिन्द्रिङघ्याङ, नाकोते, योल्मोनिसा, खच्र्युङ, सर्कथली लगायतका स्थानलाई समेट्ने गरि तत्कालीन हेलम्बु गा.वि.स.को वडा न.७ खच्र्युङमा वि.स.२०५९-०३-१५ मा मिलेरेप्पा स्वास्थ्य चौकी नामक एक स्वास्थ्य सस्था स्थापना गरी सञ्चालनमा ल्याएपछि तत्कालीन जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले वि.स. २०७३ सालमा सामुदायिक स्वास्थ्य इकाइको रुपमा स्वीकृति प्रदान गर्यो । फलस्वरुप हाल  मिलेरेप्पा सामुदायिक स्वास्थ्य इकाइको नाममा उक्त सस्थाले सेवा प्रदान गरिरहेको छ ।

 

क्र.सं. कर्मचारीको नाम पद सम्पर्क नं स्वास्थ्य संस्थाको नाम
अनिता गुरुङ अ.हे.व. ९८४९९१०९९० मिलेरेप्पा सामुदायिक स्वास्थ्य इकाइ