FAQs Complain Problems

किउल स्वास्थ्य चौकी

                        तस्वीर : किउल स्वास्थ्य चौकी

२०४७ सालको प्रजातन्त्र पुनर्वहाली सगै स्वास्थ्य सेवाको पहुँच बृिद्धका लागि सरकारले हरेक गा.वि.स.मा अ.हे.व.को नेतृत्वमा एक ग्रामीण स्वास्थ्य कार्यकर्ता,एक मातृशिशु कार्यकर्ता र एक कार्यालय सहयोगी गरी जम्मा ४ जनाको दरबन्दी स्वीकृत गरी उप स्वास्थ्य चौकी स्थापना गर्ने रणनीति अख्तियार गर्यो । सोही अनुसार २०५३ सालमा तत्कालीन किउल गा.वि.स.मा अध्यक्ष श्री थोप्तेन लामा र उपाध्यक्ष श्री जयपति भण्डारी रहेको गाउ विकास समितिको निर्णय अनुसार तत्कालीन किउल ५ चित्रेमा तार्केघ्याङ निवासी व्हाङ लामाले निःशुल्क दान गरेको १–०–०–० क्षेत्रफल जग्गामा उप–स्वास्थ्य चौकी स्थापना भयो । २०६२ सालमा मेलम्ची खानेपानी आयोजना अन्तर्गतको सामाजिक उत्थान कार्यक्रमले मेलम्ची खानेपानी आयोजना प्रभावित १४ वटै गा.वि.स.मा स्वास्थ्य चौकीका भवनहरु निर्माण गरिदिने योजना अनुरुप पहिलो वर्षकै योजनामा पर्न सफल हैबुङ,थकनी,दुवाचौर र किउलका भवन बन्ने क्रममा तत्कालीन किउल ३ का श्री तारा बहादुर भण्डारीले किउल ३ स्थित सहकारी चोकमा निःशुल्क प्रदान गर्नुभएको ०–८–०–० क्षेत्रफल रहेको जग्गामा भवन बन्ने क्रममा विवाद उत्पन्न भइ पुनः सञ्चालन भैरहेको स्थान वडा न. ५ स्थित चित्रेमा नै उक्त भवन निर्माण भएको थियो । महाभूकम्प २०७२ बैशाख १२ ले उक्त भवन ध्वस्त बनाएदिएपछि पुन–निर्माणको क्रममा जापानिज रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटीले  सोही स्थानमा रहेको १–०–०–० क्षेत्रफलको जग्गामा बनाइदिएको कर्मचारी आवासका लागि २ कोठा र स्वास्थ्य चौकी सञ्चालनका लागि ४ कोठा गरी दुइ छुट्टाछुट्टै प्रिफेब्रिकेटेड भवनमा स्वास्थ्य चौकी सञ्चालन भैरहेको छ । 

कर्मचारीको विवरण

क्र.सं. कर्मचारीको नाम पद सम्पर्क नं
योगेश थापा अ हे व ९८५८०७०१०८
मनोरमा सिग्देल अ हे व ९८४३४४३७१९
ज्ञानु जोती का स ९८१००९९५६०