FAQs Complain Problems

इचोक आधारभुत स्वास्थ्य सेवा केन्द्र

                                                    तस्वीर : इचोक आधारभुत स्वास्थ्य सेवा केन्द्र

नेपालमा सामुदायिक स्वास्थ्य इकाइको अवधारणा आएसँगै ४०० भन्दा बढी परिवार लाभान्वित हुने साविक इचोक गा.वि.स.को १,२,३,४ र ५ न. वडालाई पायक पर्ने र ऐतिहाँसिक चर्चा रहेको हालको हेलम्बु ६ इचोकमा एक स्वास्थ्य इकाइ खोल्न आवश्यक भएको चर्चा चल्ने गरेको भएता पनि त्यसले सार्थकता पाउन सकेको थिएन । नेपालमा संघीयताको कार्यान्वयन सगै साविकका पाँच वटा गा.वि.स. मिली हेलम्बु गाउपालिका र यसका सातवटा वडाहरु बनाइयो । साविक माहांकाल र इचोक गा.वि.स.हरु क्रमशः ४ र ५ अनि ६ र ७ वडामा विभाजित भए । एक वडामा एक स्वास्थ्य सस्थाको औपचारिक अवधारणा आउन बाँकी छदै इचोक स्वास्थ्य चौकीले सञ्चालन गर्ने इचोक गाउघर क्लिनिकको लागि सामुदायिक आत्म निर्भरता केन्द्रको सहयोगमा निर्मित दुई कोठे भवनमा हेलम्बु गाउपालिका अध्यक्ष श्री निमा ग्याल्जेन शेर्पा द्धारा मिति २०७५÷०६÷२६ गते उद्घाटन गरि सामुदाइक स्वास्थ्य इकाइको रुपमा स्वास्थ्य सेवा प्रदान गर्न शुरु गरिएको थियो । यसै बर्ष स्वास्थ्य सस्था नभएका स्थानीय तहका वडाहरुमा स्वास्थ्य सस्था स्थापना गर्न स्वास्थ्य मन्त्रालयले जारी गरेको आधारभूत स्वास्थ्य सेवा केन्द्र कार्यविधि २०७५ अनुसार हाल उक्त संस्थाले आधारभूत स्वास्थ्य सेवा केन्द्रका रुपमा सेवा प्रवाह गरिरहेको छ ।

कर्मचारी विवरण

क्र.सं. कर्मचारीको नाम पद सम्पर्क नं
विदुर जोती सि.अ.हे.व ९८५११२०८१६
डोल्मा तामाङ अ.हे.व. ९८०३४८९१९७
पासाङ  ओमु ह्योल्मो अ.न.मी. ९८६७०७०४४३
सुनमाया तामङ का.स