FAQs Complain Problems

चिलाउनेघारी आधारभुत स्वास्थ्य केन्द्र

                 तस्वीर : स्वास्थ्य शिविर कार्यक्रम, चिलाउनेघारी

“चिलाउनेघारी” हालको मेलम्ची न.पा.,पाँचपोखरी थाङ्पाल,इन्द्रावती र हेलम्बु गाउँपालिकाका बस्तीहरुको परिचित नाम हो । २०४५ साल देखि सञ्चालित मङ्गल स्वास्थ्य चौकी चिलाउनेघारीमा युरोपियन लगानी, कहिलेकाहीँ आउने विदेशी स्वयंसेवक चिकित्सक र विदेशी औषधिका कारण सबैको आकर्षण बनेको थियो । तत्कालीन समयमा सोही अनुरुप सञ्चालन भएतापनि नेपाल सरकारले स्वास्थ्य सस्था स्थापना,सञ्चालन तथा स्तरोन्नति मापदण्ड २०७३ जारी गरे पश्चात् त्यसै अनुरुप आवश्यक भौतिक पूर्वाधार र जनशक्तिको ब्यबस्था पश्चात् सम्बन्धित निकायको स्वीकृति लिएर मात्र स्वास्थ्य सस्था सञ्चालन गर्नुपर्ने ब्यबस्था भएसगै संघीयता लागू भयो र स्थानीय रुपमा आधारभूत स्वास्थ्य सञ्चालन गर्ने जिम्मेवारी स्थानीय तहलाइ नै दिइयो । फलस्वरुप गैर सरकारी स्तरबाट सञ्चालित त्यस्ता सस्थाहरुले तोकिदिएको मापदण्ड पुरा गर्न नसक्दा र गाउँपालिकाले प्रस्तुत गरेको विकल्पमा लिखित हस्ताक्षर गरेतापनि कार्यान्वयनमा  आउन नसक्दा बन्द हुन पुग्यो । फलस्वरुप उक्त क्षेत्रमा स्वास्थ्य सेवाको आवश्यकता खट्गियो,त्यसै आवश्यकतालाइ दृष्टिगत गर्दै हेलम्बु गाउँपालिकाले मेलम्ची भ्याली क्याम्पसको एक कोठाबाट आधारभूत स्वास्थ्य सेवा केन्द्रको रुपमा मिति २०७६÷०२÷१५ गते बाट स्वास्थ्य सेवा प्रदान गर्ने कार्यको सुरुवात गरेको छ । 

कर्मचारी विवरण

क्र.सं. कर्मचारीको नाम पद सम्पर्क नं
मनोरमा सिग्देल अ.हे.व. ९८४३४४३७१९
जनक कार्की अ.हे.व. ९८४९४७५२५२
चन्द्रमाया दंगाल सि अ.न.मी. ९८०८१७९०४४
सीता तामाङ का.स.