सूचना
घ वर्ग निर्माण व्यवसायी इजाजत पत्र
सेवा प्रकार:
१. नेपाल राष्ट्र बैंकबाट क वर्गको मान्यता प्राप्त बैंकको चल्ती खातामा कम्तीमा २ लाख भएको सक्कल बैंक भौचर ।
२. कर प्रयोजनको लागि सम्बन्धित कर कार्यालयमा दर्ता भएको स्थायी लेखा नम्बरको प्रमाणपत्र (PAN/VAT)
३. उपकरणको नामावली पेश गर्दा उपकरणको स्वामित्वको प्रमाणपत्रका साथै सामग्री खरिद गरेको VAT बिल र मान्यता प्राप्त बिमा कम्पनीमा बिमा गरेको कागजात ।
४. यान्त्रिक उपकरणहरु ठीक अवस्थामा भएको कुरा मेकानिकल इन्जिनियरिङ विषयमा कम्तीमा स्नातक तहको शैक्षिक योग्यता भएको नेपाल इन्जिनियर्स एशोसिएशनको सदस्यता प्राप्त मेकानिकल इन्जिनियरले प्रमाणित गरेको कागजात ।
आवश्य मेशीन र उपकरण :
१. मिक्सर (१ थान)
२. वाटर पम्प (तीन थान)
३. भाइब्रेटर (तीन थान)
४. लेबल मेशिन (१ थान)
आर्थिक क्षमता : प्राइभेट वा पब्लिक लिमिटेड कम्पनी वा साझेदारी फर्मको रुपमा कम्तीमा पाँच लाख रुपैयाँको पूजी देखाइ सम्बन्धित कार्यालयमा दर्ता भएको हुनु पर्नेछ ।
मुख्य जनशक्ति विवरण : मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जियिरीङ विषयमा कम्तीमा प्रमाणपत्र तह उत्तीर्ण एक जना प्राविधिक, कुनै पनि विषयमा प्रमाणपत्र तह उत्तीर्ण एक जना प्रशसनिक र वाणिज्य शास्त्र/अर्थशास्त्रमा प्रमाणपत्र तह उत्तीर्ण एक जना जनशक्तिको सेवा पूरा समय प्राप्त हुने व्यवस्था हुनु पर्नेछ ।
सबै कागजात र माथि उल्लेखित योग्यता भएको खण्डमा गाउँपालिकाको कार्यालयमा आइ "घ" वर्गको निर्माण व्यवसायीको इजाजत पत्र प्राप्त गर्न सकिनेछ ।