FAQs Complain Problems

इचोक स्वास्थ्य चौकी

                                      तस्वीर : इचोक स्वास्थ्य चौकी

इचोक उप–स्वास्थ्य चौकी तत्कालीन समयमा अम्मर बहादुर पण्डितको अध्यक्षता र थल बहादुर थापाको उपाध्यक्षतामा रहेको गा.वि.स.को मिति २०५७-०३-०८ गतेको  बैठकको निर्णयानुसार तत्कालीन इचोक गा.वि.स.वडा न. ८ पातिङमा स्थापना गरिएको थियो । पातिङ स्थित एक्सन एड नेपालको पुरानो भवनमा मिति २०५७-०३-२० गतेबाट सेवा सञ्चालन शुरु गरिएको उक्त स्वास्थ्य चौकीको कार्यक्षेत्र हालको हेलम्बु गा.पा.वडा न. ६ र ७ रहेको थियो । भेगीय हिसावले ढाप्सुङ, पातिङ र सुरसिङ तत्कालीन इचोक गा.वि.स. वडा न. १, ८ र ९ लाई पायक पर्नेगरी त्यहाँ स्थापित स्वा.चौ.को तल्लो क्षेत्रका बासिन्दाहरुले विरोध गरिरहेका थिए । फलस्वरुप कर्मचारीले सञ्चालन गरिरहेको गा.वि.स.को निर्णय र तल्लो भेगका बासिन्दाहरुको सक्रियतामा मिति २०६०-०५-०४ गते राति स्वास्थ्य चौकीका कर्मचारी र सामग्री सहित सुपारीटार स्थित महेन्द्र मा.वि.को एक कक्षा कोठामा सारी सेवा सञ्चालन शुरु गरियो । त्यसकार्यको विरोध गरिरहेका ढाप्सुङ, पातिङ सुरसिङका स्थानिय वासिहरुको सक्रियतामा २०६३ माघ २६ गते पुनः कर्मचारी र सामग्री सहित पातिङको पुरानै स्थानमा स्थानान्तरण गरियो । औपचारिक निर्णय र आवश्यक गृहकार्यविना स्थानान्तरण गरिएकाले राजनैतिक टकरावका बीचमा पातिङबाट सेवा सञ्चालन हुन सकेन, फलस्वरुप  पातिङ लगिएका सामान र औषधिको बेवास्ता गर्दै केही समय पश्चात् पुनः सुपारिटारबाट नै सेवा शुरु भयो । विद्यालयलाई कक्षाकोठा अभाव भएको भन्दै विद्यालयले उप–स्वास्थ्य चौकीको सामान निकालिदिएपछि उप–स्वास्थ्य चौकी ब्यबस्थापन समितिको निर्णयानुसार २०६५ मंसिरमा तत्कालीन इचोक ७ माहांकाल स्थित ३ कोठे गा.वि.स.भवनमा सारियो । बिनासकारी भूकम्प २०७२ बैशाख १२ मा उक्त भवन पूर्ण रुपमा ध्वस्त भए पश्चात् इचोक ७ माहांकाल पिप्लेमा रहेको सीताराम घिमिरेको जग्गामा बनाइएको टहरामा महेन्द्र प्रा.वि.सँगै स्वास्थ्य चौकी पनि सञ्चालन गरियो । समयक्रम सँगै जिल्ला स्वास्थ्य कार्यालयको समन्वय जापानिज रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकले बनाइदिएको Prefebricated भवन २०७३ माघ २२ गते हस्तान्तरण भई हालसम्म स्वास्थ्य चौकीको रुपमा सेवा सञ्चालन हुँदै आइरहेको छ । नयाँ भवन भएसँगै २०७४ आषाढ २५ गते बर्थिङ सेन्टरको रुपमा घोषणा गरी सेवा सञ्चालनको हिसावले हेलम्बु गाउँपालिकाका सबै स्वास्थ्य सस्थाहरुको नेतृत्व गरिरहेको छ ।

कर्मचारी विवरण

क्र.सं. कर्मचारीको नाम पद सम्पर्क नं
विदुर जोती अ.हे.व. ९८४९६००८१६
निमा डोल्मा शेर्पा अ न मी ९८६११६६५०१
सरिता खनाल अ.न.मी. ९८६१३७२१०९
रेणुका खड्का का.स. ९८१३१९८५७२