FAQs Complain Problems

जै घाँस बिउ वितरण सम्बन्धि सूचना ।

जै घाँस के हो ?
- जै घाँस एक वर्षीय अकोसे जातको घाँस हो ।

जै घाँस किन लगाउने ?
‍- यो घाँस सुख्ख याममा पनि हुने भएकोले पशुवस्तुहरुको लागि हरियो घाँस खोज्न वनजंगल जानुपर्दैन । समयको पनि वचत हुने भएकोले पशुपालन व्यवसायीले फाइदा हुन्छ । यो घाँसले पशुवस्तुको उत्पादन पनि वृद्धि गराउछ र उत्पादन लागत पनि घटाउछ ।

लगाउने समय :
- तरार्इ देखि उच्च पहाडसम्म लगाउन सकिन्छ । मध्य पहाडी भाग जस्तै यस हेलम्बु गाउँपालिकाको तल्लो क्षेत्रमा मंसिर शुरुदेखि मसान्तसम्म लगाउदा राम्रो हुन्छ । माथिल्लो उच्च पहाडी भेगको लागि भदौ महिनामा लगाउन सकिन्छ ।

अन्य जानकारीको लागि 
- टोप बहादुर बरुवाल (पशु स्वास्थ्य कार्यालय) ९८६४६८४६६६

आर्थिक वर्ष: